
काठमाडौं । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ ।
बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो ।
प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ । नयाँ खेलतालिकामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो । समूह बी मा कम्बोडिया,जापान र हङकङ रहेका छन् । समूह ‘सी’ मा मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् ।
यसअघि समूह चरण खेल्ने तय भएको पूर्ण सदस्य राष्ट्र अफगानिस्तान सिधै क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले असोज १० गते मंगोलिया र १४ गते मलेसियाविरुद्ध खेल्नेछ । समूह चरणमा शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनलमा स्थान बनाउने छन् ।
भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रतियोगिता अन्तर्गत असोज १६ र १७ गते क्वाटरफाइनल,१९ गते सेमिफाइनल र असोज २० गते फाइनल खेल हुने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्