१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


नेम्वाङ नेपाली राजनीतिमा सहमति र समझदारीको हिमायती हुनुहुन्थ्यो : माधव नेपाल


390
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गर्नुभएको छ ।

अध्यक्ष नेपालले उहाँले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भुमिका निर्वाह गरेको समेत बताउनु भयो । एमाले उपाध्यक्ष समेत रहनुभएका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ उहाँलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताउनु भयो ।

कुनैपनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैंभरी लागि रहनुभएको उल्लेख गर्दै अध्यक्ष नेपालले उहाँको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताउनु भयो । उहाँले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रुपमा पनि स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले संविधान निर्माणमा मात्रै नभई त्यसको कार्यान्वयनमा पनि नेम्वाङले सधैभरी जोड दिएको भन्दै उहाँले सो कार्यलाई पूर्णता दिने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।