
काठमाडौं । पछिल्ला दुई दिन सुधारिएको शेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन आएको छ ।
उतार चढावबीच बजार परिसूचक नेप्से १९ अंकले ओरालो लागेर १९ सय ६७ कायम भएर थामियो । कारोबार पनि साेमबार डेढ अर्ब पुगेकोमा यसदिन अर्ब हाराहारीमा खुम्चियो ।
सुरुवाती समयमा उकालो लागेर नेप्से २ हजार नजिक पुगेपनि केही मिनेट पनि टिक्न सकेन । अधिकांश समूह रातो रहँदा साेमबार उच्च दरले बढेका वित्त र होटल समूह २ प्रतिशत बराबरले घटे ।
बाँकी अधिकांश जसो समूह १ प्रतिशत हाराहारीले ऋणात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७६ कम्पनीको ४० लाख बराबर कित्ता शेयर जम्मा १ अर्ब १३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्