
अर्घाखाँची । अर्घाखाँचीमा आर्थिक वर्ष २०७९/०८० मा संघीय सरकार र प्रदेश सरकारको चालू तर्फ साढें ५२ करोड बजेट फ्रिज भएको छ ।
गत बर्ष यहाँ ५२ करोड ४४ हजार रुपैयाँ बजेट फ्रिज भएको जनाइएको छ । चालु तर्फ संघीय सरकारको ५ अर्ब ३९ करोड विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी राजु पाण्डेले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारको चालुतर्फ ६५ करोड ५३ लाख विनियोजित बजेटमध्ये १३ करोड २७ बजेट फ्रिज भएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७९/०८०मा संघीय सरकारको पुँजीगत तर्फ १ अर्ब ५१ करोड विनियोजित बजेटमा १३ करोड ८६ लाख बजेट फ्रिज भएको कार्यालयले जनाएको छ । प्रदेश सरकारको पुँजीगत १ अर्ब ३३ करोड बजेटमा २० करोड ५६ लाख फ्रिज भएको जनाइएको छ । यसरी संघ र प्रदेशको गरी जिल्लामा पुँजीगत तर्फ ३४ करोड ४२ लाख बजेट फ्रिज भएको कार्यालयले जनाएको छ । जिल्लामा एक वर्षमा ८१ करोड भन्दा बढि राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्