१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सिन्धुलीको भिमानमा बसपार्क निर्माण


1.755k
Shares

सिन्धुली । सिन्धुलीको भिमानमा बसपार्क निर्माण भएको छ ।

व्यवस्थित वसपार्कको निर्माण भएपछि सवारी साधन पार्किङ गर्न र यात्रुहरुलाई समेत प्रत्यक्ष रुपमा सुविधा पुगेको छ । वसपार्कको अभावले यात्रुहरुलाई असुविधा हुनाका साथै सडक दुर्घटना समेत बढ्दै गएको अवस्थामा वीपी र मदन भण्डारी राजमार्गको संगमस्थलमा व्यवस्थित बस पार्क निर्माण भएसंगै सहज रुपमा पार्किङको व्यवस्था भएको हो ।

वागमती प्रदेश सरकार अन्तर्गत शहरी विकास तथा भवन कार्यालय सिन्धुलीको ४ करोड ३७ लाखको लागतमा वस पार्क निर्माण गरिएको हो । वसपार्कमा टिकट काउण्टर, यात्रु विश्राम कक्ष, संचालक समितिको कार्यालय, आवास कक्ष, चौकिदार कक्ष, ग्यारेज, प्रतिक्षालय र बगैचा रहेको छ । यो वसपार्कमा एक सय वटा वस पार्किङ गर्न मिल्ने जनाइएको छ ।