
एजेन्सी । रुस–युक्रेन युद्ध शुरु भएपछि सन् २०२२ को आठ महिनाको तुलनामा यस वर्ष स्पेनले रुसबाट प्राकृतिक ग्यास दोब्बर आयात गरेको छ ।
स्पेनको प्रमुख प्राकृतिक ग्यास प्रशारण कम्पनी एनागासले सेप्टेम्बर ८ मा आफ्नो पछिल्लो बुलेटिनमा रुसी ग्यास १९.७ प्रतिशत रहेको बताएको छ । गत वर्ष १०.९ प्रतिशत रहेको थियो । यस वर्षको गर्मी शुरु भएसँगै रसी ग्यास आयात २७.६ प्रतिशत पुगेको थियो ।
जो जनवरी २०२२ मा रहेको ५.८ प्रतिशत भन्दा झन्डै ५ गुणाले बढी हो । रुससँग हस्ताक्षर गरेका सबै सम्झौता रुसले पालना गरिरहेका कारण इयुले रुसी ग्यास आयातमा प्रतिवन्ध लगाएको छैन ।
प्रतिक्रिया दिनुहोस्