१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सरकारी छाप र कागजपत्र किर्ते गर्ने ३ जना पक्राउ


4.511k
Shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङजाले सरकारी छाप र कागजपत्र किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिकाको छाप र कागजात किर्ते गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१ का ३३ वर्षीय रामप्रसाद पौडेल, ४० वर्षीय शालिकराम पोखरेल र पोखरा महानगरपालिका–१७ बस्ने ४७ वर्षीय रामचन्द्र सुवेदी रहेका छन् ।

पौडेलले विदेश जाने प्रयोजनका लागि पुतलीबजार नगरपालिकाको कागजपत्र, छाप र सही किर्ते गरेका थिए भने पोखरेलले र सुवेदीले जिल्ला प्रशासनसहित विभिन्न ७ वटा सरकारी कार्यालयका छाप बनाउन सहयोग गरेको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।