
बर्दिया । सेवाग्राहीसँग हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै १४ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिम्मापुरस्थित श्रीसरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मिदेवी उपाध्यायलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
घुस मागेको सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियारले उपाध्यायलाई नियन्त्रणमा लिएको हो ।
राजापुर नगरपालिका वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्