२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजार ४० अंक बराबरले उकालो लागेर नेप्से २ हजार माथि


429
Shares

काठमाडौं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार उच्च अंकले उकालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से ३९ अंकले उकालो लागेर २ हजार ७ पुग्यो । सोमबार ४४ अंकले उछाल आएको बजार मंगलबार १९ अंकले ओरालो लागेको थियो ।

बुधबार नेप्से पुनः उच्च अंकले बढ्दा कारोबार पनि सुधारिएर डेढ अर्ब पुग्यो । सबै समूहमा हरियाली छाउँदा जलविद्युत समूहमा सबैभन्दा उच्च साढें ३ प्रतिशत र वित्त समूहमा पनि ३ प्रतिशतमाथिको वृद्धि आयो । विकास बैंक, होटल तथा पर्यटन समूहमा ३ प्रतिशत नजिकको बृद्धि आयो । बीमा, अन्य, ब्यापार समूह पनि २ प्रतिशत बढीले उकालो लागे ।

बाँकी पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७५ कम्पनीको ५१ लाख ४४ हजार कित्ता शेयर १ अर्ब ४९ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय १३ कम्पनीको मूल्य बढ्दा ११ कम्पनीको घट्यो ।

यसदिन बरुण हाइड्रो, शुभम् पावर, समता घरेलु लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।