१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भियतनामको एक आवासीय भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु


273
Shares

एजेन्सी । भियतनामको एक आवासीय भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

घटनमा अरु दर्जनौं घाइते भएका छन् । भियतनामको राजधानी हनोइमा रहेको ९ तले आवासीय भवनमा आगलागी भएपछी ७० जनालाई भने उद्धार गरिएको छ ।

क्षमता भन्दा बढी मानिस रहने गरेको सो भवनमा के कति कारणले आगलागी भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

तल्लो तलामा रहेको पार्किङ स्थलबाट आगलागी फैलिएको बताईएको छ । आगलागी नियन्त्रणका लागि दर्जनौ दमकलहरु प्रयोग गरिएतापनि २ घण्टापछी मात्रै आगो नियन्त्रणमा आएको थियो ।

आगलागीका कारण भवनका ५ तला पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ५० भन्दा बढी सवारीसाधन जलेका छन् ।