२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्छ : अर्थमन्त्री महत


416
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतीको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या हल हुनेगरी शैक्षिक परामर्श केन्द्रहरुले प्रचार गरेको बताउनुभयो । उहाँले आफू पनि विदेशमा बसेर आएको हुनाले विदेशमा भनेको जस्तो सहज अवस्था नभएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री महतले नेपालमा नै धेरै श्रमशक्तिहरुको आवश्यकता रहेको भएपनि विदेश जाने पद्धतीले समस्या निम्त्याएको दाबी गर्नुभयो । उहाँले सरकाले नेपालको शिक्षा प्रणालीलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालमा नम्बरका आधारमा धेरै विश्व विद्यालयहरु खोल्ने डिन र भिषी बन्ने तर विद्यार्थीको शिक्षामा गुणस्तर वृद्धि नगर्ने अवस्था रहेको भन्दै अब सरकारले लगानी गरेर शिक्षा प्रणाली सुधार गर्ने बताउनुभयो ।

उहाँले सरकारसँग स्रोत कम भएकोले पर्याप्त बजेट व्यवस्थापन गर्नसके आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार आउने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले देशको आर्थिक स्रोत कम रहेको तर आवश्यकताहरु धेरै रहेको उल्लेख गर्दै सबै मागहरुलाई सरकारले एकै पटक पूरा गर्नसक्ने जिकिर गर्नुभयो।

उहाँले सरकार र प्रतिपक्षमा हुने सबैले एकतावद्ध भएर देश विकासको लागि प्राथमिकताका आधारमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक लगानी मुलुकको हीतको लागि भए/नभएको हेरेर मात्रै लिने नीति लिन आवश्यक रहेको बताउनुभयो ।