१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु


2.158k
Shares

काठामाडौं । डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राती भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटोरिक्सा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको जनाइएको छ ।

घाइते भएका वीरबहादुर कुँवरको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।