२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा उद्योग दर्ता गर्ने क्रम घट्यो


65
Shares

पाँचथर । पाँचथरमा पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम घट्न थालेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाँचथरका अनुसार अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष ०७९/८० मा उद्योग दर्ता गर्ने क्रम घटेको पाइएको हो ।

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा २ सय २३ वटा उद्योग दर्ता भई ५ सय २५ जनाले रोजगारी पाएका थिए भने राजश्व समेत २१ लाख १७ हजार ४ सय ४३ रुपैया संकलन भएको थियो ।

तर आर्थिक वर्ष ०७९/८० मा १ सय २८ वटा मात्रै उद्योग दर्ता भएको र ३ सय ६४ जनाले रोजगारी पाएका थिए भने १६ लाख ६५ हजार ४ सय ४ रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो ।

विशेष गरी घरेलु तथा साना उद्योग कार्यालय पाँचथरमा उत्पादनमूलक, कृषि तथा वन, उर्जा, खनिज, निर्माण, पर्यटन, सेवामूलक, सूचना प्रविधि लगायत प्रकृतिका उद्योगहरु दर्ता हुने गर्दछन् । अहिले ती फर्महरु कार्यालयमा दर्ता हुने क्रम घटेको छ ।