२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु


130
Shares

एजेन्सी । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधबार आगलागी भएको हो ।

आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् । २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।