२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


टर्कीमा कोइला खानीमा पुरिँदा एक जनाको मृत्यु


130
Shares

एजेन्सी । टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो ।

जोन्गुल्डक प्रान्तको एरेग्ली जिल्ला नजिकैको सरकारी स्वामित्को टर्किस हार्ड कोल इन्टरप्राइजेजको कोइला खानी के कारणले भत्कियो भन्ने थाहा पानउ नसकिएको बताइएको छ ।

जोन्गुल्डकका गभर्नर ओस्मान हासिबेकटासोग्लुले एनटिभी प्रशारकलाई चार कामदारहरु पुरिएको बताउनुभएको थियो । खानीमा २८० जना कामदार रहेको बताइएको छ ।