
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारण सभा तथा अधिवेशन आगामी असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक सूचना जारी गरेर असोजको पहिलो हप्ता अधिवेशन गर्ने जनाएको हो ।
यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।
केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ । क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दसमेत आकांक्षी रहेको बताइएको छ । कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने यसअघि नै बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्