२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्यो : अध्यक्ष ओली


325
Shares

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ ।

बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले नेम्वाङले दलिय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताउनुभयो । उहाँले नेम्वाङ संविधान र कानून उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताउनुभयो । उहाँले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाई छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहनुभएको उहाँले बताउनुभयो ।

स्वर्गिय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गर्नुभयो ।