१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


सर्लाहीमा कलिलो उमेरका बालबालिका अझै पनि निकृष्ट श्रम गर्न बाध्य


806
Shares

सर्लाही । शुक्रबार बाल दिवस मनाइरहँदा सर्लाहीमा भने कलिलो उमेरका बालबालिका अझै पनि निकृष्ट श्रम गर्न बाध्य छन् ।

जिल्लाका बजार क्षेत्रका सबैजसो, साना सवारी साधन, जडी तथा प्लाई उद्योग र इँटा भट्टामा बालबालिका कठिन किसिमका श्रम गरिरहेका छन् । अधिकारकर्मीहरुले जिल्लामा विपन्न र अशिक्षित समुदायका बालबालिकाको अवस्था नाजुक रहेको बताए पनि जिल्लामा बाल श्रमिकको संख्या कति छ भन्ने तथ्यांक कुनै पनि निकायसँग छैन ।

शिक्षा विकास तथा समन्वय इकाईले अघिल्लो वर्ष सर्लाहीमा २५ हजार बालबालिका विद्यालय बाहिर रहेको जनाएको थियो । विद्यालय बाहिर रहेका ती बालबालिका श्रममै प्रयोग भइरहेका अधिकारकर्मीहरु बताउँछन् ।