१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


प्रधानमन्त्री दाहालको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाङजाओमै भेटवार्ता हुने


312
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्नुहुने भएको छ ।

शुक्रबार प्रतिनिधि सभामा संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री दाहाल राष्ट्र अमेरिकामा हुने संघको ७८औं महासभामा भाग लिन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्ने कायृक्रम रहेको छ । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्नुहुनेछ ।

त्यसपछि दाहाल चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ । उहाँ असोज ५ गते अमेरिकाबाटै चीनतर्फ जानुुहनेछ र चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमै भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री दाहाल चीनमा हुने १९औं एसियन्स गेम्सको उदघाटन समारोहमा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली खछ्याङसँग२५ सेप्टेम्बरमा बेइजिङमा भेटवार्ता गर्नुहुनेछ ।