
धनकुटा । बंगुर किसानले उत्पादन घटाउँदा अहिले धनकुटामा बंगुरको अभाव भएको छ ।
गत वर्ष उत्पादित बंगुरले बजार नपाउँदा निराश भएका किसानले उत्पादन घटाएकाले यस वर्ष बजारमा मासुका लागि योग्य बंगुर पाइन छोडेको हो ।
गएको वर्ष मंसिरदेखि चैत्रसम्म पूर्वी क्षेत्रको बंगुर व्यवसायमा मन्दी आएपछि धनकुटामा सञ्चालित बंगुर फार्मले उत्पादन घटाएको थियो ।
यस्तै, धनकुटामा बंगुरको मासुको मूल्य पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्