
धनकुटा । छथरजोरपाटी– ६ सिधुवा धनकुटामा रहेको सगरमाथा बोर्डिङ स्कुलले फरक कार्यक्रमका साथ बाल दिवस मनाएको छ ।
विभिन्न जातजातीको सांस्कृतिक पहिचान र भेषभुषासहितको र्याली, नृत्य प्रदर्शनका साथै विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका थिए ।
दिवसलाई विद्यालयले फरक ढंगले मनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक दिवेश खड्काले बताउनुभयो । यस्तै, दिवसको अवसरमा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा विभिन्न प्रतियोगितामा विजयी भएका विद्याथीलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्