२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ईमेज कर्मचारीले मनाए तीज


1.079k
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानले हरितालिका तीजको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली नारीहरुको मुख्य पर्व हरितालिका तीजको अवसरमा ईमेज ग्रुप अफ कम्पनीजको कार्यालय लाजिमपाटमा नाचगानसहित दर खाने कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली नारीहरुको सशक्तिकरणका लागि हरितालिका तीजलाई मुख्य पर्व मानिन्छ । ईमेज ग्रुप अफ कम्पनीजमा कार्यरत सञ्चारकर्मीले तीजसँग सम्बन्धीत गीतसँग नाचगान गर्दै रमाइलो गरेका थिए । तीज पर्व नेपाली नारीहरुको सशक्तिकरणको पर्व भएकाले चौबीसै घण्टा समाचारमा व्यस्त रहने महिला सञ्चारकर्मीले पनि हर्षोल्लासका साथ मनाएका छन् ।

सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, मुस्लिम आयोग, हेण्डसफर नेपाल, साउथवेस्टन स्टेट कलेजले सहकार्य गरेका थिए ।