१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि छिट्टै ठोस निर्णय हुन्छ : प्रधानमन्त्री दाहाल


182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताउनुभएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको सिनामंगलमा निर्मित भवनको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गर्दै उहाँले विज्ञ समूहले दिएको सुझावको आधारमा सो विमानस्थलको निर्माण कार्य अघि बढाउने गरी मन्त्रिपरिषद् बैठकले ठोस निर्णय लिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमास्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ संचालन गर्ने विषयमा छलफल केन्द्रित हुने पनि बताउनुभयो । उहाँले पूर्वाधार विकास र हवाई सुरक्षाको क्षेत्रमा थप स्पष्ट नीति, कार्यक्रम र कार्ययोजनाका साथ अघि बढ्न पनि नेपाल नागरिक उडड्यन प्राधिकरणलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले हवाई सुरक्षाका निम्ति नागरिक उडड्यन प्राधिकरणले गरिरहेको पहलको पनि प्रशंशा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले विभिन्न जिल्लाहरुमा सञ्चालित विमानस्थलहरुलाई अत्याधुनिक बनाउने विषयमा पनि नागरिक उडड्यन प्राधिकरणले ध्यान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।