
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले पेट्रोल प्रतिलिटर १ र डिजेल÷मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
पछिल्लो मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शजिबार बिहान १ बजेदेखि लागू भएको छ । यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो ।
इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्