१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


युरोपेली संघद्धारा टिकटकलाई जरिवाना


2.769k
Shares

एजेन्सी । युरोपेली संघ (ईयू) ले सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना गरेको छ ।

टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा ईयूको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई शुक्रबार जरिवाना गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ । आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय पनि दिएको छ ।

ईयू सदस्य आयरल्याण्डको उक्त आयोगले सामान्य तथ्यांक सुरक्षा नियमन (जीडीपीआर) को कडा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क संकलन प्रक्रियाबारे टिकटकको अनुगमन सुरु गरेको थियो ।

तर, जरिवानापछि टिकटकले यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको समाचारमा उल्लेख छ ।