२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इजिप्टमा विदेशी लगानी आकर्षित गर्न फ्रान्सले सहयोग गर्ने


221
Shares

एजेन्सी । फ्रान्सले इजिप्टको ऋण समस्या समाधान गर्न र इजिप्टमा विदेशी लगानी भित्र्याउने कुरामा सहयोग गर्न तयार रहेको बताएको छ ।

फ्रान्सेली विदेशमन्त्री क्याथरित कोलोनाले इजिप्टका समकक्षी समेश शौकरीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

इजिप्टको विदेशी ऋण १६५.३ बिलियन अमेरिकी डलर पुगेको छ । मार्च २०२३ को अन्त्यसम्ममा गत वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशतले वृद्धि हुने बताइएको छ ।

भेटमा कोलोनाले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीसँग द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्ने बताउनुभएको छ ।