२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जनकुपरमा सडक निर्माणको क्रममा खुला छाडेको खाल्डोमा परेर बालकको मृत्यु


533
Shares

काठमाडौं । जनकपुरमा सडक निर्माणको क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर मृत्यु भएको हो ।

रोहन घर अगाडिको सडकमा खुला छाडिएको चेम्बरमा खसेका थिए । परिवारका सदस्यहरुले खोज्दा उनी खाल्डोमा फेला परेका थिए । मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन नलगाउदा घटना भएको स्थानीयको भनाई छ ।

ठेकेदार र उपमहानगरपालिकाकालाई पटक–पटक ढक्कन लगाउन आग्रह गर्दा पनि नलगाए पछि त्यसमा खसेर बच्चाको मृत्यु हुँदा स्थानीय आक्रोशित भएका छन् ।