
काठमाडौं । जलवायु परिवर्तन न्यूनिकरण गर्न खनिज इन्धनको आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शनिबार ललितपुरमा खनिज इन्धन उत्पादन र प्रयोगको अन्त्यका लागि गरीएको जलवायु मार्चका सहभागिले खनिज इन्धन अन्त्यका लागि जोड दिएका हुन् । खनिज इन्धन अन्त्यका लागि शनिबार विश्वव्यापी भई रहेको जनपरिचालन अन्तर्गत ललितपुरमा पनि पृथ्वी बचाउन माग गर्दे जलवायु मार्चपास गरीएको हो ।
बढ्दो ग्याँस र तेलको प्रयोगलाइ चरणबद्ध रुपमा हटाउनुको सट्टा सरकारले बिस्तार गरेको भन्दै उनीहरुले खनिज र इन्धन हटाउन माग गरेका छन् । प्रकृति बचाउँ अभियानका अभियान्ता डा. सुरेश तामाङले जलवायु परिवर्तन न्यूनिकरण गर्न खनिज इन्धनको अन्त्य नभए सम्म असम्भव रहेको बताउनुभयो ।
धनि राष्ट्रहरुले जलवायू परिर्वतनको असर एकलौटी रुपमा विकासोन्मुख राष्ट्रमाथि थोपरेको उनीहरुको आरोप छ । साताब्यापी रुपमा गरीने खनिज इन्धनको बिरोध प्रर्दशन शनिबार जावलाखेलबाट पाटनदरबारसम्म प्रदर्शन गरीएको थियो ।
बिरोध प्रदर्शनमा युवाहरुको सहभागिता बढी थियो ।
प्रतिक्रिया दिनुहोस्