
इलाम । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले नेपालका बासिन्दाले साम्प्रदायिकतालाई अस्विकार गरेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालले इलामको सन्दकपुर गाउँपालिकामा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै मन्त्री किरातीले धेरै जातजातिबीचको सांस्कृतिक एकतामा मूलुक बाँधिएकाले साम्प्रदायिकता स्विकार्य नभएको धारणा राख्नुभयो ।
उहाँले वर्तमान सरकारले जनतालाई लोकतन्त्रको प्रत्याभूति दिने खालका कार्यक्रम अघि सारेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्