
एजेन्सी । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६ सय ४० जना बिस्थापित भएका छन् ।
बाढीले करिव ५ हजार घरमा क्षति पुर्याएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ ।
प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको र बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ ।
१० हजार मानिस बेपत्ता भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्