७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


हरितालिका तीज सुरू, आज दर खाने दिन


3.016k
Shares

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ ।

भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ ।

तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ । दर खाएसँगै औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीको पूजासँग समापन हुने गर्दछ । तृतीयाका दिन हरितालिका ब्रत, चौँथीका दिन गणेशको पूजा हुने गर्दछ ।

तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक-भडक मौलाउँदै गएको छ । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् ।