१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थारू समुदायले अट्वारी पर्व मनाउँदै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सार्वजनिक बिदा


1.755k
Shares

काठमाडौं । पश्चिम तराइका थारु समुदायले आइतबार अट्वारी पर्व मनाउँदैछन् ।

विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाहरुमा बस्ने थारु समुदायले आइतबार अट्वारी पर्व मनाउँदै छन ।

अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाका लागि निर्जल र निराहर ब्रत बस्ने परम्परा छ । यो पर्व थारु समुदायको दसैं पछिको दोस्रो ठूलो चाड मानिन्छ ।

अट्वारी पर्व धुमधामसँग मनाउन आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायलाई सार्वजनिक बिदा दिएका छन् ।