१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्राजीलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु


6.084k
Shares

एजेन्सी । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको अमेजोन्स राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दुरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

१४ जना सवार सानो आकारको विमान दुर्घटनामा चालक दलका दुइ सदश्य र १२ यात्रु गरी १४ जनाको मृत्यु भएको हो ।

दुर्घटनाका कारण बिमान टुक्रा टुक्रा भएको समाचारमा उल्लेख छ ।