
काठमाडौं । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारले गठन गरेको वार्ता टोलीबीच छलफल सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जारी वार्तामा चिकित्सकहरुले कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गत भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथी अस्पतालमा बिरामीको उपचारमै खटिएको बेला कुटपिट भएको थियो ।
कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले पक्रिने सुनिश्चितता नहुँदासम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिकक बाहेकका सेवा बन्द रहने बताउनुभयो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफूहरुले बुँदागत रुपमा विषयहरु राखेको भन्दै सरकारले दोषीलाई पक्राउ गर्ने सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । कार्कीले छलफलको मुख्य विषयमा कुरा मिल्न नसकेको जानकारी दिनुभयो ।
संघको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थामा ओपीडि सेवा बन्द छन् ।
प्रतिक्रिया दिनुहोस्