२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एनसेलले सेवा सुरु १८ वर्ष पूरा


312
Shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवा थालेको १८ वर्ष पूरा भएको छ ।

कम्पनीले आइतबार राजधानीमा विशेय कार्यक्रम गरी आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको जनाएको छ । सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल जुन पहिले मेरो मोबाइलले आफ्नो सेवा संचालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो ।

यसबेलादेखि नै कम्पनीले आफ्ना सेवा प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको कम्पनीको दाबी छ । सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नेपाली व्यवसायहरुलाई उनीहरुका सञ्चार आवश्यकताहरु पुरा गर्न नवीनतम सेवाहरु प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको पनि कम्पनीको दाबी छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको उल्लेखनीय यात्रामा १ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा गर्व लागेको उल्लेख गर्नुभयो । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध रहेको भन्दै उहाँले अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेबार बनेको उहाँले बताउनुभयो । नयाँ यात्राको शुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको बाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि ‘हामी तपाईकै लागि’ थिमको घोषणा गरेको छ ।