८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हरितालिका तीजमा पशुपतिमा व्रतालु महिलाको भीड (तस्बिरहरु)


598
Shares

काठमाडौं । आज हरितालिका तीज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदै छ ।

आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरुको भीड छ । पशुपति नाथ मन्दिरमा पूजा आरधनापछि ब्रतालु महिलाहरु नाचगान गरेर रमाइरहेका छन् ।