२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै


351
Shares

काठमाडौं । तराइमा आज चौठचन्द्र चौरचन पर्व मनाइँदै छ ।

छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने चौठचन्द्र पर्वमा व्रतालुहरु दिनभरि उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

भदौ शुक्ल चतुर्थीका दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंक र रोगबाट मुक्ति पाइने विश्वास रहेको छ । व्रतालुले साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल अर्पण गर्ने गर्दछन ।

आज सूर्यास्तपछि गाईको गोबरले लिपेर आँगनमा चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गर्ने परम्परा चौठचन्द्र पर्वमा रहेको छ ।

मिथिलाञ्चलसहित मधेशमा घर–घरमा यो पर्वको विशेष महत्व रहेको छ ।