
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ ।
आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर पालिकाले पाँच हजार रुपियाँ दाहसंस्कार खर्च दिने भएको हो ।
पालिकाको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवं् वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले जानकारी गराउनुभयो । आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षको समन्वयमा उपलब्ध गराइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्