
web pic
काठमाडौं । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र संगम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
सोमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्