१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गुणस्तरहीन मिठाई बिक्री गरेको भन्दै महानगरद्वारा टिपटपलाई २ लाख जरिवाना


1.677k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गरेको पाएसंगै ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य एवं गुणस्तरहीन खाद्यान्न बिक्री गर्दै आएको पाएपछि टिपटपलाई उक्त जरिवाना तिराएको हो ।

महानगरपालिकाको न्यूरोडस्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि महानगर टोली बजार अनुगमनमा पुगेको थियो ।

अनुगमनका क्रममा बिक्रीमा राखिएको दुधबरी स्वच्छ नपाइएको जनाइएको छ । दुधवरीमा कच्चा पदार्थ अखाद्य रहेको पाइएको पनि टोलीले जनाएको छ । अनुगमनका क्रममा पसलले अबदेखि गुणस्तरीय सामाग्रीको बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएको पनि महानगरले जनाएको छ ।

महामनगरले विक्री भएका मिठाई पनि बजारबाट फिर्ता ल्याई नष्ट गर्न पसललाई निर्देशन दिएको छ ।