
काठमाडौं । राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
“समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा” भन्ने नारासहित राष्ट्रिय शिक्षा दिवस मनाउन लागिएको हो । यस अवसरमा शिक्षा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्नेछ ।
यस्तै स्वदेश र विदेशका विभिन्न विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि गरेका सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट भएका ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइने छ । समयमा बजेट निकासा नभएकाले पदक नबनेकाले आज पुरस्कार मात्रै वितरण गरिने बुझिएको छ ।
शिक्षा मन्त्रालयले पुरस्कृत हुने एक सय ७७ जनाको नामावली प्रकाशित गरेको छ । पहिलो पटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार पनि थप गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्