२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदले अभिभावक गुमायो : ओनसरी घर्ती


403
Shares

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसदले गुमाएको बताउनुभएको छ ।

मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङर संविधान विषयक कार्यक्रममा बोल्दै उहाँले स्व.सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ संसदको अभिभावक भएको बताउनुभएको हो ।

उहाँले संसद चलाउनका लागि र आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक गुमाएको बताउनुभयो । उहाँले समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको बताउनुभयो । उहाँले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले स्व. नेम्वाङसंविधान सभाको सफल अध्यक्ष भएको बताउनुभयो ।

पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उहाँल खेलेको मध्यस्थकर्ताको भुमिका राज्यले सधैँ सम्झिरहने बताउनुभयो ।