१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


शेयर बजारमा दोहोरो अंकको सुधारसँगै नेप्से २ हजार नजिक


195
Shares

काठमाडौं । सोमबार सामान्य अंकले हरियो रहेको शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लाग्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर १९ सय ८५ पुग्यो । सोमबार अर्ब तलै खुम्चिएको कारोबार पनि आज सवा अर्ब नजिक पुग्यो ।

होटल र व्यापार समूह बाहेक बाँकी समूह हरियो रहे । जजलविद्युत समूहमा सबैभन्दा उच्च ३ प्रतिशतमाथिको वृद्धि आयो । वित्त समूह करिब २ प्रतिशत र विकास बैंक समूह डेढ प्रतिशतले उकालो लाग्दा बाँकी बढीजसो समूह दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७२ कम्पनीको ४३ लाख ३६ हजार कित्ता शेयर १ अर्ब १८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ८२ कम्पनीको शेयरमूल्य बढ्दा ३६ कम्पनीको घट्यो ।

यसदिन शुभम् पावर, थ्रीस्टार हाइड्रोलगायत आधा दर्जन बढी कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।