२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बुटवल नयाँ बसपार्कमा सुविधासम्पन्न शौचालय बन्ने


260
Shares

बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ ।

एक करोड ८० लाख ८४ हजार रुपैयाँको लागतमा बन्ने शौचालयको बुटवल उपमहानका प्रमुख खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो ।

नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको बताउनुभयो ।

बसपार्कमा उज्यालोका लागि आधुनिक बत्ती, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताइएको छ ।

आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ ।