
काठमाडाैं । साफ यू–१९ फुटबल खेलका लागि भुटानको टिम नेपाल आईपुगेको छ ।
बिहीबारदेखि काठमाडौंमा सुरु हुने प्रतियोगिता खेल्न भुटानको युवा फुटबल टिम काठमाडौं आइपुगेको हो ।
असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी हुने भएका छन् ।
नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । नेपालले बिहीबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा सोमबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्