
काठमाडौं । कैलालीको टीकापुर घटनाका सबै कैदी बन्दीहरु रिहा भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी चारै जना आज रिहा भएका हुन ।
रिहा हुनेमा जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यस्तै घटना भएको बेला नाबालक रहेका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा गरिएको छ ।
तीन जना कैलाली जिल्ला कारागारबाट र एक जनालाई पोखराबाट रिहा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्