
भोजपुर । आज भोजपुरमा पनि विशेष र्यालीसहित संविधान दिवस मनाइएको छ ।
जिल्ला सरकारमुकामस्थित जिरो प्वाइन्ट गेटबाट शुरु भएको र्याली च्याङवेनी चोक, मिनि मार्केट, बैकरोड, टुडिखेल, चारभञ्जयांग हुदै सहिद पार्कसम्म पुगेको थियो ।
सहिदर्पाकमा रहेको सहिद नारदमुनी थुलुङ र रामप्रसाद राईको शालिकमा माल्यार्पण पछि शुभकामना आदान प्रदान गरिएको थियो ।
जिल्ला समन्वय समिति भोजपुरको आयोजनामा भएको कार्यक्रममा भोजपुर नगरपालिका, जिल्ला स्थित राजनैतीक दल, नागरिक समाज, सरकारी तथा गैर सरकारी कार्यालय, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्