२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तरकारी तथा फलफुलको मुल्य आकासियाे


4.719k
Shares

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकले मूल्य वृद्धि ८ प्रतिशत तलै देखाएपनि व्यवहारतः उपभोक्ता चर्को मूल्य वृद्धिको मारमा परेका छन् । तरकारी तथा फलफुलको भाउ अढाईसय प्रतिशतसम्म बढ्दा उपभोक्ताको भान्सा उल्लेख्य महंगिएको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष केही तरकारी तथा फलफूलको भाउ २ सय ५० प्रतिशत माथि सम्म बढेको पाइएको छ । अघिल्लो वर्ष यहि समयमा अधिकतम २० रुपैँया सम्म विक्री भएको लोकल मूला यो वर्ष किलोको ९० रुपैयाँ सम्म पुगेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत वर्ष ३२ रुपैयाँकिलोमा विक्री भैरहेको बन्दा यो वर्ष यतिखेर ८० रुपैयाँ किलो सम्म बिक्री भैरहेको छ । एक वर्षको अवधिमा अदुवाको भाउ किलोमा १ सय ४ रुपैँया बढ्दा लसुनको भाउ पनि १ सय १४ रुपैयाँले महंगिएको छ ।

सिमी, बोडी लगाएका केही तरकारीहरुको भाउ गत वर्षको तुलनामा केही सस्तो भएपनि गोलभेडा, आलु, प्याज लगायतको भाउ अचाक्ली बढेको छ । यस्तै गत बर्षको तुलनामा यो बर्ष फलफूलको भाउ पनि ५० प्रतिशत सम्म बढेको छ । चाडपर्वको सिजनमा बजारमा फलफूल तथा तरकारीको माग उच्च रहेने गर्दछ ।

बजारमा तरकारीको उत्पादन कम हुँदा भाउ बढेको समितिले जनाएको छ । यस्तै, अहिले नेपाली बजारमा नासपाती, अम्बा लगायत केही फलफूलको उत्पादन भैरहे पनि बजार धान्ने अवस्थामा उत्पादन नभएको र अन्य फलफूल भारत लगायतका देशहरुबाट आयात हुने हुँदा बजार मूल्य उच्च रहेको जनाइएको छ ।