
काठमाडौं । डिशहोम फाइवरनेटले आफ्नो ग्राहकका लागि “कनेक्सनको दोब्बर उत्सव” योजनाको सुरुवात गरेको छ ।
यस योजना मार्फत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ यानिकी अव ५० एमबीपिएसको पैसा तिर्दा १ सय एमबीपिएसको ब्यान्डविथ उहि पुरानै ५० एमबीपीएसको मुल्यमा मात्र भ्याट बाहेक ७ हजार ८ सय ९८ रुपैयाँमा जडान गर्न पाउनुहुने कम्पनीले जनाएको छ ।
यस्तै, ७५ एमबीपिएसको पैसा तिर्दा १५० एमबीपिएसको ब्यान्डविथ, १ सय एमबीपिएसको पैसा तिर्दा २ सय एमबीपिएसको ब्यान्डविथ तथा १ सय ५० एमबीपिएसको पैसा तिर्दा ३ सय एमबीपिएसको ब्यान्डविथ जडान गर्न पाउने कम्पनीले जनाएको छ । नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्