३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा


2.028k
Shares

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ ।

सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका ३४ का हकमा मिनाहाको आधार र उनीहरूको विवरण राष्ट्रपतिले माग गरे पनि गृहमन्त्रालयले त्यसको जवाफ नपठाएपछि उनीहरूको माफी मिनाहा रोकिएको हो ।

त्यस्तै, राष्ट्रपतिको कार्यालयले ६ सय ७० कैदीकै भुक्तानी गर्न बाँकी कैद सजाय मिनाहा गरेको छ ।

सरकारले गरेको निर्णयअनुसार कानूनको अधीनमा रही जेष्ठ नागरिक, चरित्र सुधारलगायतका आधारमा ६ सय ७० कैदीहरूको असोज ३ देखि लागु हुनेगरी बाँकी कैद सजाय मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।